संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिका स्तरीय नगर प्याब्सन समितिले बाढीपीडितहरूका लागि ४ लाख ८३ हजार ६०३ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भदौ १० मा आएको विनाशकारी बाढीबाट पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रंगेलीका ११ वटा संस्थागत विद्यालयहरूले उक्त रकम सहयोग गरेका हुन् ।

नगर प्याब्सन रंगेली समितिका अध्यक्ष गङ्गाप्रसाद भट्टराई तथा सचिव निराजन दाहालद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले स्वइच्छाले रकम उपलब्ध गराएको जनाइएको छ ।

मानवता नै सबैभन्दा ठूलो धर्म सम्झिएर दुःख पीडामा परेका नागरिकलाई सहयोग गरिएको समितिले उल्लेख गरेको छ । पीडामा साथ दिँदै सकेको रकम सहयोग गरिएको सचिव दाहालले बताए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!