संगालोखबर

विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘सिफारिस’ नामक नाटकको मञ्चन समय थप गरिएको छ । विद्यालय र विभिन्न संस्थाबाट माग भए बमोजिम नाटक मञ्चनको समय दुई दिन थप गरिएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले भदौ २१ गतेबाट नाटक मञ्चन सुरु गरिएको थियो ।

धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चनको समय आजसम्म निर्धारण गरिएको भएपनि माग अनुसार दुई दिन थप गरिएको कार्यक्रम संयोजक देवेन्द्र यादवले जानकारी दिए ।

आजसम्म नियमित ५ बजेबाट नाटक मञ्चन भएपनि दुई दिन विद्यालय र संस्थाबाट माग भएको समय अनुसार मञ्चन गरिने उनले बताए । नाटकबाट सङ्कलन भएको सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने छ ।

नाटकमा दानबहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, सङ्गीता यादव, प्रदीप दाहाल, गीता कोइराला, अमिशा वाग्ले, डेविड विष्ट, स्नेहा पोख्रेल र भरत कार्की लगायतले अभिनय गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!