संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-९ गुठिटारस्थित ढोडेनीका ४१ वर्षीय श्यामराज राई सम्पर्कविहीन भएका छन् । मानसिक सन्तुलन गुमाएका राई शनिबार दिउँसो करिब २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

उनकी दिदी सन्तोषी राईका अनुसार पहेँलो रङको टिसर्ट, कालो रङको ट्रयाक लगाएको अवस्थामा श्यामराज बेपत्ता भएका छन् । आफ्नो नाम र ठेगाना बताउन सकेपनि भाइको मानसिक अवस्था ठीक नरहेको सन्तोषीले बताइन् ।

उनले भाइको खोजीका लागि अपिल गरेकी छन् । कसैले भाइलाई देखेमा नजिकैको प्रहरी कार्यालय अथवा ९८१३२८७९७८ र ९७०३६४२६२७ मा सम्पर्क गरिदिन उनले आग्रह गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!