संगालोखबर


विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक विराटनगर-५ का अनिल पासवान हुन् ।

भदौ १३ गते मध्यराति पुरुषोत्तम न्यौपानेको घरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको थियो । तत्कालै पहिचान नभएपछि शवलाई कोशी अस्पतालमा राखिएको थियो ।

पहिचानपछि पोष्टमार्टम गरेर परिवारले शव बुझिसकेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

‘४/५ दिन अघि नै परिवारका सदस्य आएर पहिचान गर्नुभयो’, उनले संगालोखबरसँग भने, ‘कानुनी प्रक्रिया पूरा भएपछि शव बुझेर लैजानुभयो । अन्त्येष्‍टि पनि भइसकेको छ ।’

परिवारका सदस्यका अनुसार पासवान पहिलादेखि नै हिँडिरहने व्यक्ति रहेको खुलेको उनले जानकारी दिए । चोरी गर्न गएका बेला तीन तलामाथिबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान थियो ।

‘पहिला कुनै घटनामा संलग्न भएको रेकर्डमा देखिएको छैन’, उनले भने, ‘परिवारका सदस्यका अनुसार पासवान हिँडिरहने मान्छे भएको खुलेको छ ।’ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!