संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-४ प्रगति टोलमा १० दिनअघि ग्यास लिक भएर जलेकी महिलाको मृत्यु भएको छ । भदौ १५ गते बिहान ६ बजेतिर चिया पकाउने क्रममा ग्यास लिक हुँदा शरीरमा आगो लागेर घाइते भएकी ४६ वर्षीया सुष्मा भण्डारीको आज मृत्यु भएको हो ।

आगोले टाउको, अनुहार, बाँया हात र दुवै खुट्टामा चोट लागेर घाइते भएकी उनको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा आज बिहान ७ः५० बजेतिर मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति ५० वर्षीय केशव भण्डारी पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र विराट शिक्षण अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!