
धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । गएराति ११ बजे चेकजाँचका क्रममा ट्रकबाट एक हजार दुई सय ४० किलो गाँजा बरामद भएको हो ।
साँगुरीगढी गाँउपालिका-७ फेदीस्थित कोशी लोकमार्गमा धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रक चेकजाँचका लागि प्रहरीले रोकेको थियो । सो क्रममा चालक हामफालेर फरार भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
शङ्का लागेर ट्रकमा चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको उनले बताए । गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














