संगालोखबर

विराटनगर । विराटनगरस्थित रेडियो नेपालको कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा थान्दारको मृत्यु भएको हो ।

सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय थान्दार सवार बा ७५ प ३११० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबारेबाट नहरतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर पुलबाट करिब १५ मिटर तल खसेको छ ।

दुर्घटनामा थान्दार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट मेडिकल कलेज ल्याइएको भएपनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!