सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । युवाहरूले सञ्चालन गरेको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार धनकुटालाई १५० थान बढी पुस्तक हस्तान्तरण गरेको छ । पुस्तक परियोजनामार्फत कैदीबन्दीहरूका लागि संस्थाले आज कारागार प्रशासनलाई पुस्तक हस्तान्तरण गरेको हो ।

संस्थाका जिल्ला प्रतिनिधि दीपिका दाहालले कारागारका सूचना अधिकारी सुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गरेकी हुन् । टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालका विभिन्न कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको छ ।

कैदीबन्दीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन साथै कारागारलाई सुधारगृहको रूपमा स्थापित गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको दाहालले जानकारी दिइन् ।

कारागार कैदीहरूले सजाय भोग्ने ठाउँ भएकाले उनीहरूलाई व्यवहारिक ज्ञान, सीपमूलक कार्यक्रम, सकारात्मक परिवर्तन र शिक्षाको अधिकार सुनिश्चिता गर्ने लक्ष्यका साथ पुस्तक हस्तान्तरण गरिएको उनको भनाइ छ ।

कारागारबाट सुरु भएको परिवर्तनले सिङ्गो समाजलाई नै सकारात्मक दिशातर्फ डोर्‍याउने टिम नेपोले जनाएको छ । हाल धनकुटा कारागारमा जम्मा एक सय ७९ जना कैदीबन्दीहरू छन् । जसमा पुरुष एक ७६ र महिला तीन जना रहेका कारागार प्रशासनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!