
विराटनगर । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ । गतवर्ष भदौ २३ गते भएको आन्दोलनमा गोली लागेर जेनजी युवाहरूको मृत्यु भएपछि २४ गते आन्दोलन हिंसात्मक बनेको थियो ।
जेनजी आन्दोलनका क्रममा देशभर ७६ जनाले ज्यान गुमाए । प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले २४ गते देशभर प्रदर्शन र आगजनी गरे ।

आन्दोलनका क्रममा सरकारी संरचना र व्यक्तिगत घर तथा व्यवसायिक प्रयोजनका भवनमा आगजनी र तोडफोड भएको थियो । आन्दोलनको प्रत्यक्ष असर विराटनगरमा पनि पर्यो ।
विराटनगरको प्रदेश सभा भवन, जिल्ला प्रशासन कार्यालय, विभिन्न सरकारी कार्यालय र भाटभटेनी सुपरमार्केट तोडफोड, आगजनी र लुटपाटबाट ध्वस्त पारियो । कोशी प्रदेशमा आन्दोलनका क्रममा १० जनाले ज्यान गुमाए ।
आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरका संरचना यसरी ध्वस्त पारिएको थियो ।







तस्बिर : मोहन ढकाल/संगालोखबर

संगालोखबर 














