संगालोखबर


विराटनगर । विराटनगरमा शनिबार निकालिएको राधाकृष्ण रथयात्राका क्रममा पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइएको छ । रथयात्राका क्रममा विभिन्न अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ११३ जनामध्ये १७ जनामाथि मुद्दा चलाइएको हो ।

अभद्र व्यवहार र चोरी लगायतका मुद्दामा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

‘अभद्र व्यवहार र चोरी लगायतका मुद्दामा अदालतबाट दुईदेखि पाँच दिनसम्मको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ’, उनले संगालोखबरसँग भने, ‘पक्राउ परेका अन्य ९६ जनालाई परिवारको जिम्मा लगाइएको छ ।’

मुद्दा चलाइएकामा विराटनगरसहित अन्य विभिन्न स्थानका व्यक्तिहरू छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!