संगालोखबर


विराटनगर । विराटनगरमा शनिवार सम्पन्न राधाकृष्ण रथ यात्राका क्रममा ५ वटा सुनको सिक्री हराएका छन् । सोमबारसम्म सम्बन्धित व्यक्तिले मोरङ प्रहरीमा सुनको सिक्री हराएको निवेदन दिएका हुन् ।

‘रथ यात्राका क्रममा पाँच वटा सिक्री हराएको निवेदन आएका छन् । यो हिजोसम्मको तथ्याङ्क हो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘यस सम्बन्धमा हामीले खोज अनुसन्धान गरिरहेका छौँ ।’

Advertisement

पर्स लगायतका सामान पनि हराएका भनेर निवेदन आएका उनले जानकारी दिए । निवेदन आउने क्रममा रहेकाले यो संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!