संगालोखबर


विराटनगर । गाँजा बरामद प्रकरणमा प्रहरी परिसरभित्र राखिएको भ्यानबाट अस्पतालको नाम अङ्कित स्टिकर उक्काएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का २८ वर्षीय रोहित यादव छन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुन् ।

मोरङ प्रहरीका अनुसार भदौ १६ गते राति ५० किलो २९० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको को १ च ६६२० नम्बरको मारुती भ्यान इलाका प्रहरी कार्यालय रानीमा राखिएको थियो ।

उक्त भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको स्टिकर टाँसिएको थियो ।  यादवले बाहिरबाट अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरी भ्यानमा टाँसिएको स्टिकर उक्काएको भेटिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!