संगालोखबर


विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल र त्रियुगा नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रियुगाकाबासीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै अब त्रियुगा नगरपालिकाका बासिन्दाहरूले न्युरो हस्पिटलमा उपचार गराउँदा विशेष छुट र सहुलियत प्राप्त गर्नेछन् । अस्पतालका अनुसार त्रियुगाबासीलाई उपचारमा १५ प्रतिशतसम्म छुट तथा सहुलियत उपलब्ध हुनेछ ।

नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सहकार्यको वातावरण मिलाएकोमा नगरपालिकालाई अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरूको टोलीका साथ अस्पतालले सेवा दिँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!