
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार छ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














