संगालोखबर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले तीज विशेष कार्यक्रममा हुने खर्च कटाएर रसुवाको भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने भएको छ । तीजको अवसरमा हरेक बर्ष कार्यक्रम गर्दै आएको महासंघले यस पटक सो खर्च कटौती गरी बाढीपीडितलाई सहयोग गर्न लागेको हो ।

महासंघले हरेक वर्ष तीजमा पत्रकारहरूबीच आपसी सद्भाव, भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो ।

यसपालि सो खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्न लागिएको पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।

चाडपर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई विपद् प्रभावितको सहयोगमा प्रयोग गर्न सकिने सन्देश दिन पनि यस्तो निर्णय गरिएको महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!