संगालोखबर


विराटनगर । नेपाल प्रहरीका इन्स्पेक्टर र वडाध्यक्षसहित आठ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया पर्साका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित क्यासिनोबाट पक्राउ परेका हुन् ।

उनीहरूमाथि वीरगञ्ज-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोप छ ।

पक्राउ पर्नेहरूमा इन्स्पेक्टर पौडेल र गाउँपालिका अध्यक्ष सखुवाप्रसौनी गाउँपालिका-६ का ३६ वर्षीय यादवसहित सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका-११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् ।

त्यसैगरी नेपालीहरूलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरू वीरुगञ्ज-१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज-२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह र वीरुगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साह छन् । उनीहरूका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!