संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र तेह्रथुमबाट उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट मेचीनगर-१३ का २३ वर्षीय विवेक राजवंशी ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

यस्तै बिर्तामोड नगरपालिका-२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमबाट धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २९ वर्षीय सुजित भण्डारी ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेटसहित पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे-८ बाट कानेपोखरी गाउँपालिका-४ का ३४ वर्षीय राजकुमार लिम्बुलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!