संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार तीन सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!