संगालोखबर


विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा विद्यालय पोसाकमा हिँडिरहेका युवतीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा विराटनगर-४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका-१ घर भई हाल विराटनगरमै बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद छन् ।

विराटनगर महानगरपालिका-९ महेन्द्रचोक नजिकै उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलमा सवार उनीहरूले सडकमा हिँडिरहेका दुई जना छात्रालाई अभद्र व्यवहार गरेको भिडियो मोरङ प्रहरीलाई प्राप्त भएको थियो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि खोजतलास तीव्र पारेको प्रहरीले उनीहरूलाई विराटनगरबाट आज पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!