सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि धनकुटा नगरपालिका-१० मा अवस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आज विद्यार्थीहरूलाई लक्षित गर्दै सचेतना कार्यक्रम गरिएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीहरूलाई कुलतबाट जोगाउन कार्यक्रम गरिएको बताइन् ।

दुर्व्यसनका बारेमा सचेतना जगाउन आवश्यक ठानेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक अभियान चलाइएको उनको भनाइ छ । जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई लागूऔषधबाट हुने हानी र असरबारे जानकारी गराउन थालिएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले बताए ।

सचेतना कार्यक्रममा शिक्षालयमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीहरू सहभागि थिए । विद्यार्थी र युवाले लागूऔषधको कुलतबाट बच्नु पर्ने साथै कसैले प्रयोग गरेको वा ओसारपसार गरेको थाहा पाएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!