संगालोखबर


धनकुटा ।  धनकुटामा बोलेरो र अटो एक-आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । आज बिहान करिब १०ः२० बजे धनकुटा नगरपालिका-१० पात्ले खोलास्थित कोशी लोकमार्गमा दुर्घटना भएको हो ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज ३०८२ नम्बरको बोलेरो र विपरीत दिशाबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२-००१ ह ०१५३ नम्बरको अटो एक-आपसमा ठोक्किएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

दुर्घटनामा अटो चालक पाख्रीबास नगरपालिका-२ ओख्रेका अन्दाजी ४६ वर्षीय प्रेमकुमार मगर र सोही स्थानकी अन्दाजी २६ वर्षीया रूपा मगर घाइते भएका छन् ।

टाउकोमा चोट लागेका प्रेमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रूपाको अवस्था मध्यम छ । उनीहरूलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल धनकुटा लगिएपनि थप उपचारका लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बोलेरोमा सवार सबै जना सकुशल छन् । बोलेरो चालक भोजपुरको षडानन्द नगरपालिका-११ का ३३ वर्षीय प्रकाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!