
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भोटेकोशी बाढीपीडितका लागि सहयोग रकम प्रदान गरेको छ । प्रतिष्ठान परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख दुई हजार रुपैयाँ जम्मा गरिएको हो ।
प्रतिष्ठानका पदाधिकारी, सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व-कर्मचारीहरूबाट स्वतःस्फूर्त रूपमा १ दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरेर सहयोग रकम गरिएको थियो । सबैको साझा प्रयासबाट संकलन गरिएको रकम सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ ।
विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भई प्रभावित बनेका नागरिकहरूप्रति प्रतिष्ठान परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

संगालोखबर 














