संगालोखबर


काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाउने संख्या एक हजार दुई सय ५२ पुगेको छ । विनाशकारी बाढीपछि अझै चार हजार दुई सय १६ जना सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार  एक हजार दुई ५२ शव भेटिएका हुन् । सबैभन्दा बढी चितवनमा दुई सय ५५ जनाको शव भेटिएको छ ।

त्यस्तै, रसुवामा  एक सय २७, नुवाकोटमा एक सय ७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा दुई सय १८ र नवलपरासी पश्चिममा दुई सय आठ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।

भोटेकोसी बाढीपछि चार हजार दुई १६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमध्ये सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र मजदूर रहेका छन् ।

बाढीपछि सम्पर्कविहीनको खोज तथा उद्धार जारी रहेको छ । चीन, भारत र दक्षिण कोरियाको टोलीसँगै नेपाली सुरक्षाकर्मीले खोजबिन गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!