
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला एक सय ४५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














