संगालोखबर

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई २१ लाख सहयोग गरेको छ । बाढी प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।

अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर चेक हस्तान्तरण गरेका छन् । बाढीपीडितको सहयोगका लागि न्युरो अस्पतालका कर्मचारीहरूले एक दिनको तलब सहयोग गरेका छन् । त्यसमा रकम थप गरेर अस्पतालले सहयोग उपलब्ध गराएको हो ।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि स्वतस्फुर्त सहयोग जुटिरहेको छ । कोशी प्रदेशबाट पनि विभिन्न संघसस्था र व्यक्तिहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रकम जम्मा गरिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!