संगालोखबर


विराटनगर । नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलले बाढीपीडितहरूका लागि ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । १० भदौमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूका लागि एमाले कोशी प्रदेश सभा संसदीय दलले सहयोग गर्ने भएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा दलको तर्फबाट ४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उल्लेख छ ।

विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला सबैलाई घाइतेको प्रभावकारी उपचार, विस्थापितहरूको सुरक्षित स्थानान्तरण र प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, आवास तथा राहतको व्यवस्था मिलाउन अपिल गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!