
विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धानखेतमा सालनालसहित फेला परेको नवजात शिशु (छोरा) कसको हो भन्ने खुल्न सकेको छैन ।
भदौ १३ गते शनिबार बिहान करिब ९ः४० बजे फेला परेको शिशुका आफन्त अझैसम्म नभेटिएका हुन् ।
‘अभिभावक भेटिएन भने बल्ल अभिभावकत्वको लागि कुरा हुन्छ’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘अहिले नवजात शिशुलाई नोबेलमै राखिएको छ ।’
धनखेलमा सेतो प्लाष्टिकको बोरामा राखेको अवस्थामा शिशु फेला परेको थियो । शिशु रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात् शिशुलाई उद्धार गरेर नोबेल शिक्षण अस्पतालमा लगिएको थियो ।
‘अनुसन्धान जारी छ । शिशु कसले र किन फालेको हो भन्ने खुल्न सकेको छैन’, डीएसपी मिश्रले भने, ‘अहिलेसम्म कसको शिशु हो भन्ने पत्ता लागेको छैन ।’

संगालोखबर 














