
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा अस्पतालको भ्यानबाट गाँजा बरामद भएको छ । दिव्य ज्योति अस्पताल प्रा.लि. लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट ६० किलो गाँजा बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले सीमावर्ती सो क्षेत्रबाट मङ्गलबार राति करिब ११ बजे गाँजा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यान चालक गाडी छोडेर भागेका थिए ।

चालक भागेपछि भ्यान खानतलासी गर्दा दुई वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

संगालोखबर 














