
विराटनगर । मोरङका विभिन्न स्थानबाट एकैदिन १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
सोमबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलका लागि मोरङ जिल्ला अदालत बुझाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार जबरजस्ती करणी मुद्दाका चार, अभद्र व्यवहारका पाँच, चेक अनादरका एक र चोरी मुद्दाका एक जना पक्राउ परेका हुन् ।
यस्तै सवारी ज्यान मुद्दाका एक, बैंकिङ कसुरका एक, बैंकिङ तथा वित्तीय कारोबार कसुरका एक र अंगभंग मुद्दाका एक जना पक्राउ परेका छन् ।

संगालोखबर 














