संगालोखबर

विराटनगर । विराटनगरको हिमगिरी हाइजिन लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि ७० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । उद्योगी महेश जाजु र प्रकाश मुन्दडाद्वारा सञ्चालित हिमगिरीले बाढीपीडितका लागि ठूलो मात्रामा हाइजिन सामग्री सहयोग गरेको हो ।

बाढी प्रभावितहरूका लागि ७० लाख मूल्य बराबरको नुहाउने, लुगाधुने र भाडा माझ्ने सावुनसहित टिसर्ट पनि प्रदान गरिएको हिमगिरीका सञ्चालक महेश जाजुले जानकारी दिए ।

विपद्मा परेका बेला सहयोग गर्नु सबैको दायित्व भएकाले सहयोग गरिएको उनको भनाई छ ।

बाढी प्रभावित क्षेत्रमा धेरैको मृत्यु भएकाले सम्भावित सङ्क्रमण रोकथामका लागि पनि सरसफाइ सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यसअघि पनि महेश जाजु नेतृत्वको जाजु ग्रुप र पवन कुमार सारडाको सारडा ग्रुपले ६० लाख रुपैयाँ बराबरको चाउचाउ, बिस्कुट र जुस बाढी पीडितका लागि सहयोग गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!