गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरमा यही भदौं १९ गते श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव गर्न लागेको हो ।

स्कोन विराटनगरले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी भइरहेको जानकारी दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष विराटनगरमा विशेष कार्यक्रम गरिदै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यो वर्ष पनि उत्सव गर्न लागिएको हो । जैन भवनमा हुने कार्यक्रममा करिब १५ हजार भक्तजनको सहभागिता रहने स्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीले जानकारी दिए ।

उत्सवमा बिहान ४ः३० बजेदेखि राती १२ बजेसम्मको कार्यक्रम तालिका तय गरिएको छ । जसमा मंगल आरती, भजन कीर्तन, श्रीकृष्ण कथावाचन, मट्टी फोड, सन्ध्या आरती, महाप्रसाद वितरण लगायत कार्यक्रम छन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण तथा घाइते, विस्थापित र प्रभावितहरूको उद्धार, उपचार र पुनस्थापनाका लागि कार्यक्रममा विशेष प्रार्थना पनि गरिने भएको छ ।

करिब २२ लाख खर्च लाग्ने अनुमान गरिएको यो कार्यक्रमबाट बाढी प्रभावितहरूका लागि सम्भव भएसम्म सहयोग तथा राहतमा पनि योगदान गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!