
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

संगालोखबर 














