संगालोखबर


विराटनगर । विराटनगरको विष्णुमाया पुस्तकालय र विष्णुमाया सामुदायिक भवनले तीजका लागि छुट्याएको पैसा बाढी पीडितलाई दिने भएका छन् । तीज कार्यक्रम स्थगित गरेर त्यस बापतको ५१ हजार १ सय १० रुपैयाँ पैसा भोटेकोशी बाढीपीडितलाई पठाउन लागिएको हो ।

तीज कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च र त्यसमा पैसा थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय भएको पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहादुर कार्कीले दिए । पुस्तकालय र सामुदायिक भवन दुवै संस्थाको आइतबार विराटनगरमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

यसअघिका वर्षहरूमा दुवै संस्था मिलेर धर्म-संस्कृतिको जगेर्ना र संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले तीज रमाइलो कार्यक्रम गरिदै आएको थियो ।

तर, यसपटक भीषण बाढीबाट ठूलो जनधनको क्षति पुगेर देश नै शोकाकुल भएकाले तीजको रमाइलो कार्यक्रम स्थगित गरेर सहयोग गर्न लागिएको सामुदायिक भवन व्यवस्थापन समिति अध्यक्ष दामोदरप्रसाद घिमिरेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!