संगालोखबर


भोजपुर । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका-९ का ३१ वर्षीय प्रभाकर दङ्गाल सम्पर्कविहीन छन् ।

यस्तै दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका-७ का ५९ वर्षीय गोविन्द राई र सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका-९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा पनि सम्पर्कमा आएका छैनन् ।

तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका ६६ वर्षीय गोपी राई पनि बाढीपछि सम्पर्कविहीन भएका हुन् । भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!