संगालोखबर


काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव भेटिएको छ ।

१० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेका छन् ।

असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिँडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भागेर ज्यान जोगाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!