संगालोखबर


काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरले सूचना जारी गर्दै एक जना घाइतेलाई थप उपचारका लागि अर्को अस्पताल रेफर गरिएको छ । बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको हो ।

उपचाररत घाइतेहरूको टाउको, हातखुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचाररत बिरामीमध्ये केहीको अवस्था सामान्य तथा केहीको अवस्था स्थिर रहेको ट्रमा सेन्टरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!