
विराटनगर । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन् ।
पाँच महिला र दुई पुरुषका शव नेपालमा आएको भीषण बाढीले बगाएर भारत पुर्याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा शव फेला परेका हुन् ।
टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शव पहिचान हुन सकेको छैन ।

संगालोखबर 













