संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारले आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

उनका अनुसार सरकारले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको स्पष्ट पारे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!