संगालोखबर

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन् । राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले आफ्नो व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ-संस्थालाई पनि आग्रह गरेको छ ।

महासंघ कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्‍त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!