
काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-९ घर भई कीर्तिपुर हाल बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरो भोटाहिटी पठाइएको छ ।
उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेरै प्रहरीलाई ट्याग गरेका गर्नुका साथै गाली समेत गरेका थिए ।

संगालोखबर 














