संगालोखबर


विराटनगर । रसुवाको भोटेकोशीमा तिब्बतबाट आएको भीषण बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिकास्थित महेश दोभानमा एक महिलाको शव फेला परेको हो ।

यस्तै गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको शव फेला परेको छ । सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव र बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार हालसम्म बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसअघि नुवाकोटमा तीन र धादिङमा ४ जनाको शव फेला परेका थिए ।

धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!