
विराटनगर । आज बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । लेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
प्रशासनका अनुसार दुईवटा बजार तहसनहस भएका छन् । रसुवा भन्सार क्षेत्रमा रहेका गाडीहरू र अन्य सामग्रीहरू पनि बाढीले बगाएको छ ।
गत वर्षको बाढीले बगाएर भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ । रसुवामा ठूलो बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो । गृहले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनेको छ ।

संगालोखबर 














