विराटनगर । विराटनगरको तीनटोलीयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा भएको रक्तदानबाट ९६ पिन्ट रगत सङ्कलन भएको छ । राजयोगिनी दादी प्रकाशमणिको १९ औं पुण्यतिथिको अवसर पारेर मङ्गलबार रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलसँग समन्वय गरेर ब्रम्हकुमारीज विराटनगरको समाज सेवा विभागले रक्तदान कार्यक्रम गरेको हो ।

ब्रह्मकुमारी आवद्ध विभिन्न व्यक्तिहरूसहित स्थानीयवासी, विद्यार्थी, कर्मचारी लगायतले रक्तदान गरेका छन् ।

रगतको अभावमा समस्या झेलिरहेकाहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!