संगालोखबर


विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मधुमल्लाबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् ।

दाउरा लोड भएकाे प्र १–०२–००४ ह ४१३४ नम्बरको सिटी सफारीलाई शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।

सिटी सफारीको सिट र डिकीमुनि लुकाइछिपाइ ल्याइएको अवस्थामा करिब २६ किलो गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले गाँजा र सिटी सफारीसँगै चालक जहदा गाउँपालिका–१ बीरपुरका १९ वर्षीय विजय कुमार सरबरीयालाई नियन्त्रणमा लिएको हाे ।

बरामद गरिएको गाँजा, सिटी सफारी र नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको बुझाइएको सशस्त्रले जनाएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!