संगालोखबर


विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेको छ । कोशी प्रदेशमा कार्यरत पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा महासङ्घले बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।

राष्ट्रिय बीमा कम्पनीमा प्रत्येक पत्रकारको १० लाख ६० हजार बराबरको दुर्घटना बीमा गरिएको पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले जानकारी दिए । यो कार्यक्रम असार २६ गतेदेखि नै कार्यान्वयनमा आइसकेको भएपनि आज औपचारिक रूपमा शुभारम्भ गरिएको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा, नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख तथा पत्रकाहरूको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै पत्रकाहरूको हकहितका पक्षमा रहेको उल्लेख गरे । उनले आवश्यकता परेको ठाउँमा प्रदेश सरकार सँधै सँगै रहने बताए ।

पत्रकार र पत्रकार सम्वद्ध संघसंगठनले चाहेसम्म कोशी प्रदेश सरकारले सहयोग गरिरहने आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले उद्घोष गरे ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले पत्रकारहरूले समाचार सङ्कलनका क्रममा विभिन्न किसिमका जोखिमपूर्ण परिस्थितिमा खटिनुपर्ने भएकाले पेशागत सुरक्षाका लागि दुर्घटना बीमा महत्वपूर्ण रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!