
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो ।
कोशी प्रदेश सभाका ९२ सदस्यमध्ये आजको बैठकमा ८३ सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ र विपक्षमा २२ जनाले मतदान गरे ।
यस्तै ४ जना सांसदले दुवै पक्षमा मतदान गरेनन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएको यो तेस्रो पटक हो ।

संगालोखबर 















