संगालोखबर


उदयपुर  । उदयपुरको कटहरी नगरपालिका-४ स्थित मरुवा खोलाबाट प्रहरीले टिपरबाट गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ना ७ ख ८१७३ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार टिपरभित्र नौ वटा बोरामा राखिएको अवस्थामा १९९.३२ किलो गाँजा बरामद भएको छ । टिपर र गाँजासहित चालक सोम मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको थियो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!