संगालोखबर


विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ स्थित झुर्पल टोलबाट पँहेलो जातको अजिङ्गरको उद्धार गरिएको छ । सब डिभिजन वन कार्यलयका सर्प उद्धारकर्ता दीपक भुजेल र रुद्र श्रेष्ठको टोलीले अजिङ्गरको उद्धार गरेको हो ।

आइतबार बिहान घाँस काट्ने क्रममा स्थानीयले अजिङ्गर देखेका थिए । स्थानीयले जानकारी गराए पश्चात वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले उद्धारकर्तालाई खबर गरेका थिए ।

उद्धार गरिएको अन्दाजी १५/१६ केजीको उक्त अजिङ्गरलाई बेतना सिमसार क्षेत्रको सुरक्षित क्षेत्रमा राखिने उद्धारकर्ता भुजेलले जानकारी दिए ।

यस किसिमको अजिङ्गर अलि बढी आक्रामक हुने भएपनि कुनै जनावर खाएर हिँडडुल गर्न नसक्ने अवस्थामा भाग्न नपाएकाले उद्धार गर्न सहज भएको उनको भनाइ छ ।

केही समयदेखि जङ्गल क्षेत्रका बस्तीहरूमा सर्पको बिगबिगी बढेको स्थानीय गारापानी सामुदायिक वनका अध्यक्ष देविप्रसाद आचार्यले बताए । ठूला र विषालु सर्पको संख्या बढेसँगै स्थानीयमा त्रास फैलिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!