सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति विरोध जनाउदै आज धनकुटामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको छ ।

धनकुटेली महिलाहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा र आपसी सद्भावको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा महिलाहरूले बालिका हत्याको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले ‘गरिमालाई न्याय देऊ, बलात्कारीलाई उन्मुक्ति दिनु अपराध हो, आवश्यक कानून संशोधन गर’ लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरेका छन् ।

बालबालिकामाथि हुने जुनसुकै हिंसा र अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन उनीहरूले सरकारसँग माग पनि गरेका छन् ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!