
झापा । गत वर्ष भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको साथबाट लुटिएको बन्दुकसहित एक युवक झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सुमन कर्ण छन् ।
उनको साथबाट ‘सर्ट गन’ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कर्णलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीबाट लुटिएको बन्दुकसहित पक्राउ परेका कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए ।

संगालोखबर 













